एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर न्यूनतम १४० रुपैयाँमा बिक्री खुला

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को ९ लाख कित्ता संस्थापक शेयर बिक्री खुला भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त संस्थापक समूहको शेयर बैंकले न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ,संस्था तथा व्यक्तिहरुले मिति २०७८ असार २ गते देखि मिति २०७८ असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक खरीदकर्ताले प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।

बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।