कर्पोरेट डेभलपमेन्ट बैंकको तेह्रौं वार्षिक साधारण सभा आह्वान

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंकले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको असार १ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असार २५ गते शुक्रबार साधारण सभा डाकेको हो । 

सभा बिहान ७ः३५ बाट बैंकको प्रधान कार्यालय, आदर्शनगर वीरगञ्ज पर्साबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा बैंकको चल अचल सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता, लेखापरीक्षकको नियुक्त गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गरिने एजेण्डा छ ।

यसैगरी बैंकको कार्य क्षेत्र संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने सभाको विशेष प्रस्ताव छ ।

बैंकका अनुसार साधारण सभाका लागि बुकक्लोज मितिको अघिल्लो दिन अर्थात असार ४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र प्रतिनिधित्व जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।