नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले बजारमा आउने बुललाई कसैले रोक्न नसक्ने बताएका छन् ।
लगानीकर्ता माझ भेटार्न लगानीकर्ताको रुपमा समेत परिचित पौडेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा बजार बढ्नसक्ने संकेत गरेका हुन् ।
केही दिन अघि मात्र पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा जोखिमयुक्त कम्पनी सार्वजनिकपछि शेयर बजार तातिरहेको बेला पौडेलको उक्त भनाई सार्वजनिक भएको हो ।
५१ कम्पनीको शेयरमा चलखेल भएको धितोपत्र बोर्डको निष्कर्ष, कम्पनीको सूची हेर्नुहोस्
उनले समय समयमा पूँजी बजारमा आउने उछाल (बुल) बर्सादमा नदीमा बढ्ने पानीको बहाव जस्तै भएकाले नियामकको आँखाबाट देखिने बाढीलाई कसैले छेक्न वा रोक्न नसक्ने र समयसँगै आफैँ साम्य हुने बताएका छन् ।
उनले बजारमा बुल र वियरको एउटा साइकल हुने भएकाले नियामकले चाहँदैमा पूँजीबजारमा आउने बहाबलाई रोक्न वा छेक्न नसक्ने बताएका हुन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया