राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै , ५ अर्ब ३२ करोड कमायो

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ ।अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको नाफा ४५.६१ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष ०७४/७५ मा बैंकले तीन अर्ब ६५ करोड ९२ लाख खुद मुनाफा गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ९० अर्ब तीन करोड १४ लाख निक्षेप संकलन गरेर एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप १५.७२ प्रतिशत तथा कर्जा लगानी २३.०३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले १० अर्ब २२ करोड ९५ लाख खुद ब्याज आम्दानी गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा १३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ३.९० प्रतिशत, आधार ब्याजदर ५.५० प्रतिशत, कोषको लागत ३.५२ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.२० प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४६ प्रतिशत र सीसीडि ७२.७८ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी ४२ रुपैयाँबाट ५९ रुपैयाँ पुगेको छ ।