हिमालयन बैंकको नाफा ५१ % बढेर २८० करोड पुग्यो, वितरण योग्य २०२ करोड

0
Shares

हिमालयन बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले खुद नाफा बढाएको विवरण सार्वजनिक गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्ष बैंकको नाफा १ अर्ब ८९ करोड रुपैयाँ थियो । गतवर्षको नाफाबाट शेयरधनीलाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिने क्षमता देखिन्छ । जस अनुसार बैंकले २४ प्रतिशतसम्म लाभांश दिनसक्छ ।

बैंकले असारमसान्तसम्म १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९२ अर्ब ८२ करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप साढे १० तथा कर्जा साढे १२ प्रतिशतले बढेको हो । जसबाट बैंकले ५ अर्ब ४ करोड खुद ब्याज आम्दानी गरेको छ ।

८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको रिजर्बमा असार मसान्तसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १२.७३ प्रतिशत छ । खराब कर्जा १.१२ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १६.५२, प्रतिशेयर नेटवर्थ १८८.७६, प्रति शेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा, आधार ब्याजदर ९.०५ प्रतिशत, कोषको लागत ६.५५ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७३ प्रतिशत र सीसीडि ७५.५९ प्रतिशत रहेको छ ।