बाढीबाट क्षति भएका जलविद्युत् आयोजनाका लागि पुनरकर्जाको व्यवस्था गर्नुपर्ने इपानको माग

0
Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बाढी पहिरोका कारण जलविद्युत् आयोजनाहरुका लागि नेपाल राष्ट्र बैंकले पुनरकर्जाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाको यस वर्षको बाढीले संरचनामा क्षति भइ अथवा प्रसारण लाइनमा क्षति भइ वा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा आयोजना कम्तीमा एक वर्ष ढिला हुने भएकाले नेपाल राष्ट्र बैंकले पुनरकर्जाको व्यवस्था गर्नुपर्ने इपानको भनाइ छ ।

बाढी पहिरोका कारण जलविद्युत् आयोजना स्थलमा पुग्ने पहुँचमार्गमा क्षति भएका स्थानको तत्काल पुनः निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आयोजनास्थल तथा मानवीय वस्तीसम्म निर्माण तथा वितरण गरिएका र हाल बाढीका कारण क्षति पुगेका प्रसारण लाइन तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका सबस्टेशनको सुरक्षार्थ तत्काल उचित कमद चाल्न र गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायको उच्चस्तरीय संयन्त्र बनाइ समस्याहरू तत्काल सम्बोधन गर्न अध्यक्ष आचार्यले अनुरोध गरे ।

बीमाको भुक्तानी गर्ने कार्यका लागि सहजीकरण गर्नुपर्ने तथा बीमा भुक्तानी छिटो र सहज बनाउन बीमा समिति र अर्थ मन्त्रालयले पहलकदमी गर्नुपर्ने इपानको माग छ ।

निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाको यस वर्षको बाढीले संरचनामा क्षति भइ अथवा प्रसारण लाइनमा क्षति भइ वा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसकेका आयोजना कम्तीमा एक वर्ष ढिला हुने भएकाले नेपाल राष्ट्र बैंकले पुनरकर्जाको व्यवस्था गर्नुपर्ने इपानको भनाइ छ ।

यस्तै, विद्युत् गृह, बाँधस्थल लगायतको सुरक्षाको लागि नदी नियन्त्रण योजना ल्याउन समेत आग्रह गरिएको आचार्यले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।