मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहत कोषमा रकम जम्मा

0
Shares

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए ।

कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० रुपैयाँ जम्मा गर्नुहुनेछ । कार्यपालिका सदस्य सावित्री कार्कीले रु १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति ९ हजार ९०० कोषमा जम्मा गर्नुहुनेछ ।

यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।