सस्तिँदै सुनः आइतबार थप ८०० रुपैयाँले घट्यो

0
Shares

नेपाली बजारमा आइतबार पनि सुन चाँदी दुबैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलको ८०० रुपैयाँ र चाँदीके भाउ १५ रुपैयाँले घटेको हो ।

जेठ २८ गते तोलाको ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयताका दिनहरुमा घट्दै जाँदा तोलाको ४ हजार ५०० रुपैयाँले घटिसकेको छ भने चाँदी ७५ रुपैयाँले सस्तिएको छ ।

महासंघका अनुसार असार ६ गते आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदीको भाउ १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार पनि सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको ३५ रुपैयाँले घटेको थियो । असार यता मात्रै सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँ तथा चाँदी चाँदीको मूल्य ७५ रुपैयाँले घटिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।