मल्टिपर्पस फाइनान्सको आइतबार (असार ६ गते) सम्पन्न हुने साधारण सभाले संस्थाको कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेदेखि सभा बोलाइएको छ ।
उक्त सभाले संस्थापको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने तथा कार्यक्षेत्र विस्तारका सम्बन्धमा नियमनकारी निकायबाट केही संसेधन गर्न निर्देशन आएमा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सानमा हिसाब, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु समावेश छन् ।
साधारण सभा प्रयोजनका लागि फाइनान्सले जेठ २४ गते बुकक्लोज गरेको थियो । यसअनुसार जेठ २३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया