जनता बैंकले ३४ प्रतिशतले बढायो खुद नाफा, खराब कर्जा घट्यो, ईपीएसमा सुधार

0
Shares

जनता बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको छ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २७ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको वितरण योग्य नाफा ९७ करोड ७२ लाख रुपैयाँ छ । यसबाट बैंकले सेयरधनीलाई १२.१५ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

७६ अर्ब एक करोड रुपैयाँ निक्षेप उठाएको बैंकले ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले तीन अर्ब ४१ करोड रुपैयाँमा खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४२.२६ प्रतिशत र ५१.०६ प्रतिशतले बढाएको छ । जसको कारण नाफा बढ्नलाई सहयोग पुगेको हो ।

चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ जम्मा गरेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा पुगेको छ। 

पूँजीकोष अनुपात १३.३३ प्रतिशत छ भने खराव कर्जा केहि सुधार गर्दै १.११ प्रतिशतमा झारेको छ। बैंकको आधारदर ९.९५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७.३४ प्रतिशत रहेको छ । नेटवर्थ १३३ रुपैयाँ ५४ पैसा छ ।

जनताले ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ ।