पछिल्लो २४ घण्टामा २ हजार २९७ संक्रमित, ४६ को मृत्यु

0
Shares


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार २९७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १० हजार ९०४ जनामा परीक्षण गरीएकोमा ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार १३० जना संक्रमण मुक्त बनेका छन् । यससँगै हालसम्म ५ लाख ५९ हजार ९२८ जनाले कोरोना संक्रमण जितेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोभिड महामारीका कारण नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भैसकेको मन्त्रालयको तथ्याङ्क छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७८, सोमबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।