नेपाल इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) को चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनस सूचीकृत भएको हो ।

कम्पनीको २०७७ चैत २७ गते सम्पन्न ७२ औं वार्षिक साधारण सभाका लागि कम्पनीले २०७७ चैत १७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार चैत १६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीलेमात्र पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।