गुराँस लघुवित्तले बोनस शेयर वितरण गर्ने

0
Shares

गुराँस लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभा.श प्रस्ताव गरेको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकले ८.३८ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल संस्थाको चुक्ता पूँजी सात करोड ७५ लाख रूपैयाँ रहेको छ।