
शेयर बजारमा मंगलबार एकैदिन ७९.४४ अंकको बाउन्सब्याक भएको छ ।
पछिल्लो चार कारोबार दिनमा १८८ अंकले नेप्से घटेकोमा मंगलबार एकैदिन करिब ८० अंकको बढोत्तरी देखिएको हो ।
तीव्र गिरावट आएको बजारमा शेयर बिक्री गरेर नगद सञ्चिति राखेका ठूला खेलाडीको बजारमा पुनरागमनसँगै नेप्सेमा उच्च बढोत्तरी देखिएको हो ।
अघिल्लो मंगलबार नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको नामसहित विज्ञप्ति सार्वजनिकपछि बजार ऋणात्मक हुन थालेको थियो ।
मंगलबार नेप्से २.६१ प्रतिशतले बढेर २९१३.८४ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५.४७ अंकले बढेर ५३५.६१ अंकमा पुगेको छ ।
मंगलबार कूल २२५ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर १ लाख १२ हजार ५० वटा संख्यामा खरिद बिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक जलविद्युत र वित्त समुहमा ५ प्रतिशत धेरैको बढोत्तरी भएको छ । आज विकास बैंकको सूचक ५.७७ प्रतिशत, हाइड्रोपावरको सूचक ५.४७ प्रतिशत र फाइनान्सको ५.८ प्रतिशतले बढेको हो । इन्भेष्टमेन्ट सूचक ४.२६, होटल एण्ट टुरिजमको ३.१३, उत्पादन मूलक २.७५ र बैंक २.३३ प्रतिशतले बढेको छ । आजको बजारमा ३३ भन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पुनर्बीमा एक्लैको डेढ अर्बको कारोबार
मंगलबार गत आर्थिक वर्षको वितरणयोग्य नाफा र सञ्चित जगेडा कोष शेयरधनीहरुलाई १६.५० प्रतिशत बोनस सहित २० प्रतिशत लाभांश वितरण गरेको नेपाल पूनर्बीमा कम्पनी लिमिटेडको एकैदिन १ अर्ब ४९ करोड बढीको शेयर कारोबारमा आएको छ । कम्पनीको ८ लाख २९ हजार ४८८ कित्ता शेयर कारोबार भएको छ ।
यसैगरी एचआईडिसीएलको ३२ करोड, नेशनल हाइड्रोपावर २६ करोड, निफ्रा २० करोड, लुम्बिनी विकास बैंक १८ करोड, नेपाल इन्स्योरेन्स १७ करोड, ज्योति विकास बैंक र हिमालयन डिष्टिलरीको १६ करोड तथा एनआईसी एशिया बैंक र मेगा बैंकको १५ करोड बढीको शेयर कारोबारमा आएको छ ।
आज विकास बैंकको सूचक ५.७७ प्रतिशत, हाइड्रोपावरको सूचक ५.४७ प्रतिशत र फाइनान्सको ५.८ प्रतिशतले बढेको हो । इन्भेष्टमेन्ट सूचक ४.२६, होटल एण्ट टुरिजमको ३.१३, उत्पादन मूलक २.७५ र बैंक २.३३ प्रतिशतले बढेको छ । आजको बजारमा ३३ भन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका १५ कम्पनीको मात्र मुल्य घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया