अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा असार १३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
जेठ २० गतेदेखि बिक्री खुल्ला भएको हकप्रदमा यसअघि असार ९ गते बुधबारसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।
कम्पनीले बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि जेठ २० गतेदेखि १ बराबर ०.२९३८ कित्ता अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
हकप्रदमा मेरो शेयरको वेवसाइट तथा मोबाइल एप तथा अपि पावर कम्पनी लिमिटेडको कैनद्रीय कार्यालय थापाथली, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी, तथा मुक्तिनाथ बैंकका इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सक्नेछन् ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका समेत हकप्रद भर्न सकिन्छ ।
कम्पनीको हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया