कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।

बुधबार बैंकले ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड २०८७’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले माघ २२ गतेबाट एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ निष्काशन गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम जेठ ७ गतेको निर्णयअनुसार यस ऋणपत्र सूचीकरण भएको हो ।

बैंकले ऋणपत्र निष्काशन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार अनुमति दिएको थियो ।
बैंकको उक्त ऋणपत्र बिहीबारदेखि दोस्रो बजारमा कारोबार सकिने छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।