सिभिल बैंकद्धारा ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति माग

0
Shares

सिभिल बैंकले पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डसँग ऋणपत्र जारी गर्ने अनुमति माग गरेको छ ।

बैंकले ‘९%, १० वर्षे सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र जारी गर्ने अनुमति माग गर्दै जेठ २४ गते बोर्डमा आवेदन दिएको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । बैंकले ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ । भने १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्ने छ ।

बैंकको ऋणपत्र बिक्री तथा प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।