राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा सहित ३ विरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ ।

अख्तियारले कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्माविरुद्ध भ्रष्टाचार आरोप पत्र दायर गरेको हो ।

उनीहरुले मनोमानी ढङ्गबाट १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट दिएको आयोगले जनाएको छ ।

उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पु¥याई बदनियतपूर्ण काम गरेको स–प्रमाण पुष्टि भएको अख्तियारले बताएको छ ।

करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिएर कर छुट दिने गरी सम्झौता गर्दै उक्त रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

अख्तियारले तत्कालिन कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र तत्कालिन आन्तरिक विभागका महानिर्देशक चुडामणि शर्मा ढकालको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको बताएको छ ।

उनीहरुविरुद्ध १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) (झ) बमोजिम ८ देखि १० वर्षसम्म कैद सजाय माग गर्दै आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।