नेपाल लाइफले एक वर्षमै संकलन गर्यो ६ अर्ब ८४ करोड बीमा शुल्क

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ६ अर्ब ८४ करोड ७५ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो । अघिल्लो वर्षसम्म १५ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ रहेको खुद बीमा शूल्क २२ अर्ब ८२ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ

जीबन बीमा कम्पनीहरुमै सबैभन्दा धेरै ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले असार मसान्तसम्ममा ५२ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो।

कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको चौंथो त्रैमासको तुलनामा ५ करोड ६० लाख रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चौंथो त्रैमासम्ममा कम्पनीले पुर्नबीमा कमिशनबाट २ करोड ३४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बीमालेख धितोमा ११ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेर १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ।

असार मसान्तसम्ममा जीवन बीमा कोषमा ६५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ४३ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४३ करोड ६७ लाख रुपैयाँ सञ्चित छ।

हाल कम्पनीको १२ लाख ८० हजार ६३६ वटा बीमा लेखहरु जारी गरी कुल ९१ अर्ब ६७ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। गत आवमा इन्स्योरेन्सले ४९ हजार ६९७ वटा दाबी वापत ७ अर्ब ५९ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा र मूल्यआम्दानी अनुपात ९४.६४ गुणा बढी छ ।