एनआईसी एशिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाई बिक्रीमा

0
Shares

शेयर बजार उचाइमा पुगेको बेला एनआईसी एशिया क्यापिटलले एक अर्बको अर्को सामुहिक लगानी कोषको इकाई बिक्रीमा ल्याएको छ ।
 
क्यापिटलले असार १० गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।
 
निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् ।
 
सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सक्नेछन् ।
 
तीन वटा म्युचुअल फण्डहरु सञ्चालन गरिरहेको एनआईसी एशिया क्यापिटलले चौथों म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । क्यापिटलको दुई वटा बन्दमुखी प्रकृतिको र एक वटा खुलामुखी फण्ड सञ्चालन गरिरहेको छ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार  ०६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।