
बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार घटेर कारोबार भएको सुन बिहीबार थप सस्तिएको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले घटेको हो । बिहीबार सुनको मूल्य घटेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापवाला सुन तोलाको ९० हजार ७०० रुपैयाँ , तेजावी ९० हजार २०० रुपैयाँ र चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ३०० रुपैयाँ तथा चाँदी ५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया