समता लघुवित्तद्धारा हेलम्बु बाढी पीडितलाई राहत सामाग्री हस्तान्तरण

0
Shares

समता लघुवित्त वित्तीय संस्थाले बाढी पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।

ल्घुवित्तको बनेपा स्थित शाखाले गत असार १ गते साँझ मेलम्ची खोलामा आएको भिषण बाढीले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामाग्रीहरु सहयोग गरेको हो ।

जसअन्तर्गत चामल, दाल, तेल, नुन, सोयाविन, सावुन, सेनेटरी प्याड, त्रिपाल लगायतका सामाग्रीहरु हेलम्वु गाउपालिका, वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने सन्र्दभमा बाढि प्रभावितहरुलाई यो विपत्तिको बेला थोरै भए पनि सहायता होस् भनेर राहत सामाग्री सहयोग गरिएको वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७८, शुक्रबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।