नेप्सेमा “एनआईबिएल समृद्धि फण्ड २” सूचीकृत, आइतबार देखि कारोबार खुल्दै

0
Shares

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा १५ करोड इकाई सूचीकृत भएको छ । नेप्सेका अनुसार शुक्रबार “एनआईबिएल समृद्धि फण्ड २” को इकाई धितोपत्र विनियमावली २०७५ अनुसार सूचीकृत भएको हो ।

धितोपत्र विनियमावली २०७५ अनुसार शुक्रबार फण्डको इकाई सूचीकृत भएसँगै आइतबार देखि कम्पनीको फण्ड दोस्रो बजारमा कारोबार खुल्नेछ । दोस्रो बजारमा कारोबारको लागि उक्त फण्डलाई नेप्सेले एनआइविएसएफटू (NIBSF2) कारोबार संकेत प्रदान गरेको छ ।

क्यापिटलले बैशाख १३ गते देखि १६ गतेसम्म १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो । तर फण्डको इकाईमा मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार २५ प्रतिशतले वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याइएको थियो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले रितिपूर्वक आवेदन दिने आवेदकलाई बैशाख २४ गते फण्डको इकाई बाँडफाँड गरेको थियो । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ असार २०७८, शुक्रबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।