बीमा कम्पनीहरुद्धारा एघार महिनामा १.२८ खर्ब बीमाशुल्क संकलन

0
Shares

सञ्चालनमा रहेका ३८ बीमा कम्पनीले चालु आवको ११ महिना अवधिमा १ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
बीमा समितिले उपलब्ध गराएको जेठ मसान्तसम्मको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले कुल एक खर्ब २८ अर्ब ८६ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा समितिका अनुसार ११ महिनामा जीवन बीमा कम्पनीहरुले प्रिमियम बापत १ खर्ब २ अर्ब लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै निर्जीवन बीमातर्फ कुल २६ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको छ ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफले सबैभन्दा धेरै २७ अर्ब ५७ करोड बीमाशुल्क आर्जन गरेको छ भने निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले ३ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफपछि धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्मा १४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

S.N Life Insurance Company Total Premium Collecation in Arba
    2078 Jestha
1 Nepal Life Insurance  27.57
2 Life Insurance corporation 14.69
3 National Life Insurance  9.57
4 Rastriya Beema Sansthan 7.26
5 Union Life Insurance  5.70
6 Asian Life Insurance  5.04
7 American Life Insurance (Met life) 4.55
8 Surya Life Insurance  3.61
9 Prime Life Insurance  3.35
10 Gurans Life Insurance  3.17
11 Citizen Life Insurance 2.87
12 Jyoti Life Insurance  2.61
13 Reliable Nepal Life Insurance  2.64
14 Reliance Life Insurance 2.13
15 I.M.E. Life Insurance  2.09
16 Sun Nepal Life Insurance  1.86
17 Sanima Life Insurance  1.66
18 Prabhu Life Insurance  1.21
19 Mahalaxmi Life Insurance  0.76
  Total 102.34

समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसमममा नेशनल लाइफले ९ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २६ करोड रुपैयाँ, यूनियनले ५ अर्ब ७० करोड रुपैयाँ, एशियनले ५ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ, सूर्याले ३ अर्ब ६१ करोड रुपैयाँ, प्राइमले ३ अर्ब ३५ करोड रुपैयाँ, गुँरासले ३ अर्ब १७ करोड रुपैयाँ र सिटिजनले २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

निर्जीवनतर्फ शिखरपछि सगरमाथा इन्स्योरेन्सले बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । नेकोले २ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थले २ अर्ब २ करोड रुपैयाँ, एनएलजीले १ अर्ब ८९ करोड रुपैयाँ, प्रिमियरले १ अर्ब ६० करोड रुपैयाँ रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी आइएमई जनरलले १ अर्ब ३२ करोड रुपैयाँ, प्रभुले १ अर्ब २६ करोड रुपैयाँ, हिमालयनले १ अर्ब २३ करोड, प्रुडेन्सियले १ अर्ब १७ करोड रुपैयाँ, लुम्बिनीले १ अर्ब १५ करोड रुपैयाँ, अजोडले १ अर्ब १४ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

S.N Non Life Insurance Company Total Premium Collecation in Arba
    2078 Jestha
1 Shikhar Insurance  3.46
2 Sagarmatha Insurance  2.26
3 Neco Insurance 2.20
4 Siddhartha Insurance  2.02
5 NLG Insurance 1.89
6 Premier Insurance  1.60
7 Prabhu Insurance  1.26
8 IME General Insurance 1.32
9 Prudential Insurance  1.17
10 Lumbini General 1.15
11 Ajod Insurance  1.14
12 Nepal Insurance  1.10
13 United Insurance Co. (Nepal)  0.94
14 Oriental Insurance  0.95
16 Everest Insurance  0.89
15 Himalayan General  1.23
17 National Insurance  0.79
18 General Insurance  0.59
19 Sanima General Insurance  0.56
  Total 26.52

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ असार २०७८, शुक्रबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।