गण्डकी विकास बैंकको खुद नाफा ६० करोड ३७ लाख


गण्डकीले विकास बैंकले गत आर्थिक वर्षका ६० करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लोे आर्थिक वर्ष २०७४÷२०७५ को तुलनामा २४.८७ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकले ४८ करोड ३५ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

विकास बैंकहरुमा सबल मध्येमा पर्ने गण्डकी विकास बैंकको बैंकको चुक्ता पूँजी दुई अर्ब ७५ करोड छ भने वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा पुगेको छ । अघिल्लो आवको तुलनामा बैंकको ४ रुपैयाँ ३८ पैसाले इपिएस बढेको हो ।

यसैगरि बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ६३ लाख रुपैयाँ रहेको छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्नसक्छ ।

असार मसान्तसम्म बैंकले २९ अर्ब ९२ करोड ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यसबाट बैंकले एक अर्ब ३१ करोड ७८ लाख खुद ब्याज आम्दानी र ८६ करोड २५ लाख सञ्चालन नाफा गरेको छ । सो अवधिमा बैंककोे निक्षेप २७, कर्जा २९, खुद ब्याज आम्दानी २६ र सञ्चालन मुनाफा साढे २३ प्रतिशतले वढेको छ ।

बैंकको पूँजीकोष १६.४८ प्रतिशत, खराब कर्जा अनुपात ०.३३ प्रतिशत, कोषको लागत ८.६८ प्रतिशत,, आधार ब्याजदर ११.१४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६९ पैसा, र मूल्य आम्दानी अनुपात ९.७२ गुणा छ ।