
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७२१ र एन्टिजेन विधिबाट ७५५ जना गरि कुल २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार ४५५ जना संक्रमण मुक्त बनेका छन् । योसँगै हालसम्म ५ लाख ७६ हजार ४१३ जनाले कोरोना संक्रमण जितेका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । यस संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया