
नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्यमा बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाल सुन ९० हजार ५०० रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि दुई कारोबार दिन घटिरहेको सुनको मूल्य शुक्रबार स्थीर बनेको थियो भने चाँदी शुक्रबार पनि ५ रुपैयाँले नै बढेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया