आवेदन अवधि नसकिँदै एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डका सबै इकाई बिक्री


निष्काशन सुरु भएको ४ दिनमा नै एन आई सी एशिया सेलेक्ट ३० इण्डेक्सका सबै इकाई बिक्री भएका छन् ।

फण्डका इकाईहरु असार १० गतेदेखि सर्वसाधारणमा निष्काशन गरिएको थियो । शनिबारको बिदा समेत गदौ निष्काशन सुरु भएको चौथो दिनको मध्यान्ह १ बजेसम्ममा सबै इकाई बिक्री भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालन गरेको इण्डेक्स फण्ड १ अर्व आकारको तेश्रो बन्द मुखी योजना हो ।

३ कार्यदिनको दिउँसो १ बजेसम्ममा ५४ हजारभन्दा बढी आवेदकबाट शतप्रतिशत इकाई बिक्री भएको क्यापिटलले जनाएको छ ।

एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको सार्वजनिक निष्काशनमा असार १४ गते सोमबार साझ ५ बजे सम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । निष्काशित इकाईभन्दा बढी संख्यामा आवेदन आएको खण्डमा एन आई सी एशिया सेलेक्ट फण्डको आकार १ अर्व २५ करोड रुपैंया पुर्याउन सकिने व्यवस्था रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिए ।

पहिलो पटक ‘सेलेक्ट इण्डेक्स फण्ड’ ल्याउँदाको उत्साह बेग्लै छ – रमेन्द्र रायमाझीसँग अन्तरवार्ता