काठमाडौँ । सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जनाले चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा आज आकस्मिक समयमा भाग लिने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताएका छन ।
सांसद युवराज दुलालले काठमाडौँको त्रिपुरेश्वरचोकमा सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले सोमबार सवारीचालक अर्जुन दोङले मृत्युवरण गर्ने अवस्था आउनु ज्यादै दुखदः रहेको र उनले मृत्युवरण गर्नुको कारण सरकारले गम्भीर भएर खोजी गर्नुपर्ने बताए।
“त्रिपुरेश्वर चोकमा उही ठाउँ र उही प्रकृतिको घटना दुई महिनाको अन्तरालमा दोर्योरिएकाले पनि ट्राफिक प्रहरीसँगको विवाद हुँदा चालकले आत्मदाह जस्तो गम्भीर प्रकृतिको घटना किन रोज्नुपरेको छ । त्यस्ता घटना रोक्न किन सरकारी निकायले पर्याप्त सावधानी अपनाइएन सो विषयमा सरकारको ध्यानाकर्षण गराउँछु”, उनले भने, “यस्ता घटना बारम्बार किन भइरहेका छन् भन्ने विषयमा सरकार गम्भीर हुन जरुरी छ ।”
सांसद क्रान्तिशिखा धितालले त्रिपुरेश्वरचोकमा भएका दुई घटनाले प्रहरीको काग गर्ने शैली र चालकको मनोदशाको विषयमा गम्भीर हुन जरुरी रहेको बताइन्। उनले ट्राफिक प्रहरीकोे पनि यात्रु र चालकसँग गर्नुपर्ने व्यवहार र शैली बदल्नुपर्ने बताइन्।







