
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार ८३६ जनामा परीक्षण गरिएकोमा ६ हजार जनामा पीसीआर विधिबाट परिक्षण गर्दा १ हजार ३५३ र एन्टिजेन विधिबाट ३ हजार ८३६ मा परिक्षण गर्दा ५६७ जना गरी कुल १ हजार ९२० जनामा संक्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार ७ जना संक्रमण मुक्त बनेका छन् । योसँगै हालसम्म ५ लाख ८४ हजार ३३४ जनाले कोरोना संक्रमण जितेका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । यस संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया