युनियन लाईफ इन्स्योरेन्सको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

0
Shares

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ ।

युनियन लाईफ इन्स्योरेन्सले सर्वसाधारणमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति पाएको हो ।

बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार कम्पनीलाई असार १३ गते आइतबार शेयर जारी गर्न अनुमति प्रदान गरिएको हो । 

आईपीओ निष्काशनको अनुमतिका लागि जेठ ९ गते बोर्डमा निवेदन पेश गरेको थियो। आवेदन दिएको एक महिनाभित्रै कम्पनीले आईपीओ बिक्री गर्न अनुमति पाएको हो ।

यससँगै अब युनियन लाईफ इन्स्यारेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको कम्पनीको हाल चुक्ता पूँजी हाल १ अर्ब ५० करोड ५० लाख रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर बिक्री गर्न लागेको हो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब चुक्ता पूँजी तोकेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारण बिक्री गरेर चुक्ता पूँजी कायम गर्न लागेको हो ।

युनियन लाईफको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ । यो रेटिङ प्राप्त संस्था समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

२०७७ चैतसम्म ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै जगेडा कोषमा७३ करोड ७ लाख १४ हजार, र जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १४ असार २०७८, सोमबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।