
बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादो बस्ने कैलाली टिकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर आवश्यक कारवाहीका भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया