.png)
काठमाडौँ उपत्यकामा असार १५ गते मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ ।
सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको भएको हो ।
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिने गरेका हुन् ।
उपत्यकामा सञ्चालनमा आउने साना सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छैन । बैठकले बिहान ११ बजेसम्म मात्र खुला हुँदै आइरहेको खाद्यान्नका पसल साँझ ६ बजेसम्म खोल्न पाइने निर्णय पनि गरेको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर रोक्न भन्दै काठमाडौं उपत्यकामा गत वैशाख १६ गते जारी निषेधाज्ञा असार ७ गतेदेखि केही खुकुलो गर्दै बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने र निजी सवारी साधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा सञ्चालन गर्न पाउने व्यवस्था गरेको थियो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले सोमबार मध्यरातदेखि थप एक साता निषेधाज्ञा लम्बाउने निर्णय समेत गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया