सामाजिक सुरक्षा कोषले कोषका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
कोषले २०७६/०७७ भित्र सुचिकृत योगदानकर्ता कोषको आव २०७६/७७ को वृद्धाअवस्था सुरक्षा योजना अन्र्तगतको संकलित योगदान रकमको प्रतिफलबाट प्राप्त रकम सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा खतामा यथाशक्य जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ
कोषले ३ करोड ८० लाख १५ हजार ६९८ वितरण योग्य रकमलाई कोषको सम्बन्धीत योग्दानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
.jpg)
सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनका लागि २०७५ कात्र्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरि २०७६ श्रावण १ गतेबाट निरन्तर योगदान रकम संकलन गरिरहेको छ।
हालसम्म कोषमा १४ हजार ५८० रुपैयाँ रोजगारदाता र २ लाख ५१ हजार २९२ योगदानकर्ताबाट ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ ।
कोषले सञ्चालन गर्ने औषधी, उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा अशत्त योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रीत परिवारलाई ४८ लाख ३ हजार र बृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरि कुल ११ करोड ६२ लाख रकम कोषबशाट दाबी भुक्तनी भएको जनाएको छ ।
२०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भए पश्चात यस कार्यक्रम प्रति आमरोजगारदााता तथा श्रमिकहरुमा थप उत्सुकता पैदा भएको काषले महसुस गरेको उल्लेख गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया