प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा आएको छ ।
लिलामी शेयरमा आवेदन गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले खरिदका लागि असार १६ गते बुधवारदेखि असार २५ गतेसम्म लिलामी बिक्री खुला गरेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ६०० रुपैयाँ तोकिएकाले लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्न सकिनेछ ।
बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि लिलामी बिक्री खुला गरिएको अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया