बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु एकपछि अर्को गर्दै सामाजिक सुरक्षा कोषको विरुद्धमा आन्दोलननमा उत्रिन थालेका छन् ।
सरकारले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुलाई जबर्जस्ती कोषमा आबद्व गराउन लागेको विरोधमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।
मंगलबार माछापुच्छ्रे बैंकका कर्मचारीहरुले कोषको विरुद्धमा आन्दोलन सुरु गरेसँगै बुधबार नबिल बैंकमा पनि कोष विरुद्ध आन्दोलन सुरु भएको हो । विरोधको श्रृंखला एकपछि अर्को बैंकमा हुन लागेको हो ।
बुधबार नबिल बैंकका कर्मचारीहरु आफ्नो मागहरू पूरा नगरिकन अनिवार्य रुपमा सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउन खोजिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
बुधबार बिहानै कार्यालय परिसरमा बैंकका सबै कर्मचारीहरु भेला भएर कोष कार्यान्वयनको क्रममा आफ्ना मागहरु पूरा गराउनका लागि नबिल बैंकका कर्मचारीहरुले विरोध कार्यक्रमहरु आयोजना गरेका हुन् ।

सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सहभागि हुँदा खाइपाई आएको रकम घट्ने ेभन्दै अधिकांश बैंकका कर्मचारीले विरोध गरेका छन् । दोहोरो कर, सरकारी कर्मचारी र निजी क्षेत्रका कर्मचारीबीच असमान व्यवहार र नीति, कोषमा जम्मा भएको रकम प्राप्त गर्न ६० वर्षको उमेर पुग्नुपर्ने, र श्रीमान र श्रीमती दुबैजना जागिरे भएको अवस्थामा एउटाले मात्र उपदान वा पेन्सन पाउने लगायतका व्यवस्थाहरुको विरोध गर्दै उनीहरु एकताबद्ध भई आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले असार मसान्तभित्र सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य कोषमा सूचीकृत हुन पत्राचार गरेपछि कोषमा आबद्ध हुने व्यवस्था ऐच्छिक बनाउनुपर्ने लगायतका १५ बुँदा माग राखेर यसअघि नै २९ बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनहरुले कोषको विरुद्धमा उत्रने चेतावनी दिएका थिए ।
नेपाल राष्ट्र बैंक र सरकार नियन्त्रित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीलाई सरकारले तोके बमोजिम हुने व्यवस्थाका कारण ती बैंकका कर्मचारी युनियनले हालसम्म कोषको विरोध गरेका छैनन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया