नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

0
Shares

नबिल बैंकले युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन्।

दुबै कम्पनीको असार ५ गते सम्पन्न विशेष साधारण सभाले १ः ०.३५ को शेयर स्वाप अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गराएका थिए ।

हाल नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ४८ करोड छ भने युनाइटेड फाइनान्सको १ अर्ब ४ करोड छ । प्राप्ती पश्चात नबिलको चुक्तापूँजी १४ अर्ब ५२ करोड पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।