सगरमाथा इन्स्योरेन्सको ११% बोनसपछिको शेयरमूल्य १४ सय रुपैयाँ

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस शेयरपश्चातको शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले ११ प्रतिशत बोनस समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ४ सय रुपैयाँ तोकेको छ । कम्पनीको बुधवार कायम अन्तिम शेयरमूल्य १ हजार ५५४ को आधारमा शेयरमूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गराउन कम्पनीले असार ३० गते २४ औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार  ०७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।