आइएमई जनरल इन्स्योरेन्स मार्फत शंखरापुर नगरवासीको बीमा हुने

0
Shares

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार नगरपालिकावासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा आइएमई जनरल कम्पनीमार्फत हुने भएको हो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका गरेका छन् ।

नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफना नगरावासीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषकको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले कम्पनीसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे ।

यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालीकाले आफना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।