सिद्धार्थ बैंकको ईजी बैंक प्लाटफर्ममा विभिन्न डिजिटल सेवाहरु उपलब्ध

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउन ईजी बैंक सेवा संचालनमा ल्याएको छ ।

बैंकले नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अनतर्गत रहि ईजी बैंक नामको अनलाइन प्लाटफर्म सार्वजनिक गरेको हो ।

बैंकको ईजी बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com मा गइ वा सोझै https://easybank.siddharthabank.com  लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सकिने्छ।

यस प्लाटफर्ममा सिद्घार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहेका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्नेछन् ।

हाल ईजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकि तथा आफ्नो सिआरएन नं हेर्न सक्ने बैंकले जनाएको छ ।

ईजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहेने बैंकको विश्वास बैंकको छ ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामी दिनहरुमा यस प्लाटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लाटफमलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्रि बनाउँदै लैजाने बैंकको उद्देश्य छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।