नेप्से १९ अंकले बढ्यो, नेको इन्स्योरेन्सको उच्च कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९.१२ अंकले बढेको छ । यससँगै नेप्से सूचक २८४३ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको नेको इन्स्योन्सको सबैभन्दा धेरै साढे ३० करोडको शेयर खरीद बिक्री भएको छ ।

कूल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ७० हजार १९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ पुगेको छ । हिजो बुधबार ५ अर्ब ८३ करोडको शेयर कारोबार भएकोमा ८७ करोडले कारोबार रकम बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा आएका कूल १३ वटा समूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक सामान्य घटेको छ । होटल र पर्यटन र विकास बैंकको सूचक साढे ३ प्रतिशतले बढेको बजारमा फाइनान्स करिब ३ प्रतिशत तथा अन्य र लगानीको सूचक १ प्रतिशत धेरैले बढेको छ ।

आजको बजारमा नेको इन्स्योरेन्स कम्पनीको बिहीबार १५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने अन्तिम दिन परेकाले सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३० करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ज्योति विकास बैंक, मेगा बैंक, बुटवल पावर कम्पनी, पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, अपि पावर र लुम्बिनी विकास बैंकको उच्च कारोबार भएको छ । यी कम्पनीको साढे ११ देखि साढे १८ करोड रुपैयाँसम्म कारोबार भएको छ ।

बिहीबारको बजारमा ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ओरियन्टल होटल, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र गुडविल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसैगरी बेष्ट फाइनान्स, सोल्टी होटल, जोशी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, ज्योति विकास बै.क र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य साढे ६ प्रतिशत धेरैले बढेको छ ।

आज निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर शतप्रतिशत घटेर ५५० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको १ लाख ८ हजार ५४२ कित्ता शेयर ३४ नम्बर ब्रोकरबाट बिक्री भई ४३ र ४ नम्बर ब्रोकरबाट खरीद भएको छ ।

यसैगरी कुमारी इक्वीटी फण्ड, रिडी हाइड्रोपावरको ३ प्रतिशत धेरैले मूल्य घट्दा प्रभु सेलेक्ट फण्ड, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, सूर्योदय लघुवित्त, राधी विद्यूत कम्पनी, लक्ष्मी र सबैको लघुवित्तको शेयरमूल्य २ प्रतिशत बढीले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।