पछिल्लो २४ घण्टामा कोरोना संक्रमित र मृत्यु हुने कति ?

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ९८५ जनामा कोरोना भाइरस परिक्षण गरेको थियो ।

जसमा ७ हजार १३० जनामा गरिएको पिसिआर परिक्षणमा १ हजार ८५७ जना र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमा ९०३ जना गरि कुल २ हजार ७६० जनामा संक्रमणको पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार १७ जना संक्रमणमुक्त बनेका छन् । हालसम्म निकेहुनेको संख्या ६ लाख १५९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण अत्याधीक मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका वृद्धा रहेका छन् भने कम जोखिममा बालबालिका र अज्ञात समुह रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।