नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयरको बिक्री बन्द हुँदै

0
Shares

नागरिक लगानी कोषले असार ११ गतेदेखि लिलामी मार्फत बिक्रीमा राखेको १ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को स्वामित्वमा रहेको एक लाख कित्ता शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ हजार २०० रुपैयाँ तोकिएको छ ।

शेयर खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कम्पनीले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ।

उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असार २०७८, शुक्रबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।