नागरिक लगानी कोषको साधारण सभा आज, १७.८९% लाभांश अनुमोदन हुँदै

0
Shares

नागरिक लगानी कोषले आज (असार १८ गते) २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कोषकै केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा अपरान्ह २ बजेदेखि सभा सुरु हुनेछ ।

कोषको जेठ २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले असार ८ गते मंगलबार शेयर दाखि खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार असार ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता हुन र लाभांश पाउनेछन् ।

कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले ३ अर्ब पूँजी भएको कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६.३१ रुपैयाँ कायम गरेको छ । जगेडा कोषमा १३ अर्ब २६ करोड रहँदा प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ कायम गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असार २०७८, शुक्रबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।