हवाइ उडानका टिकट अनलाइन मार्फत् बुकिङ गर्न आग्रह

0
Shares

कोभिड १९ को दोस्रो लहरका कारण गरिएको लकडाउनपछि सूचारू भएका हवाइ उडानका टिकट अनलाइन मार्फत बुकिङ गर्न आग्रह गरिएको छ ।
सरकारले असार १७ गते बिहिबार देखि स्वास्थ्य मापदण्ड अपनाइ हवाइ उडान सुचारू गरेको छ ।

बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रूपेश जोशीले कोभिड १९ को जोखिम रहेको हुँदा आफैले अनलाइन टिकट बुकिङ गर्दा जोखिम पनि नहुने र सहज पनि हुने भएकाले अनलाइन मार्फत बुकिङ गर्न आग्रह गरे ।

यस्तै यति एयरलाइन्स्का बिजनेस डाइरेक्टर युवराज विष्टले पनि कोभिड १९ का सबै स्वास्थ्य मापदण्ड पुर्याएर सेवा सञ्चालन गरिएको हुँदा अनलाइन मार्फत टिकट बुकिङ गरि ढुक्क भएर यात्रा गर्न आग्रह गरे।

इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामीछानेले भने ‘हामीले पहिलेदेखि नै इसेवामार्फत एयरलाइन्स् टिकट काट्नका लागि प्रोत्साहन गरिरहेका छौँ । अहिले कोभिडको समयमा जोखिम पनि कम हुने र आकर्षक क्यासब्याक तथा रिवार्ड प्वाइन्ट पाइने हुँदा इसेवा उत्तम विकल्प हुनेछ’ ।

बिहिबारदेखि बुद्ध एअरका ३१, यती एअरका १५, श्री एअरले सात, सौर्य एअरका तीन, नेपाल एअरका दुई, तारा एअरका दुई, समिट एअरका दुई र सीता एअरका दुई गरी दैनिक ६४ वटा हुँदै आएका छन् ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।