सिभिल बैंकको कमाण्ड सुनिल कुमार पोखरेलको काँधमा

0
Shares

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका सुनिलकुमार पोखरेलले आजदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

गत जेठ २७ गते बसेको बैंकको ३४५ औं सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि पोखरेललाई सीइओमा नियुक्त गरेको थियो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सीइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीइओ रहेका पोखरेल सिइओ नियुक्त भएका हुन् । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सीइओमा नियुक्ति लिएका थिए ।

सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रीन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

बिराटनरका स्थायीपोखरेलले नेपाल तथा म्यानमारका बैंकमा गरी २८ वर्षको अनुभव हासिल गरिसकेका छन् । यस क्रममा सन् १९९१ मस्टाण्डर्ड चार्टर्ड बैंकमासिनियर एसिस्टेण्टका रुपमासेवा सुरु गरेका उनले १९ वर्ष सोही बैंकमा बिताएका थिए । चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।

त्यसपछि एनआईसि एशिया बैंकमा रिटेल बैंकिगं हेडसँगै चिफम्यानेजर भएर साढे ५ वर्ष काम गरेका थिए । नबिल बैंकमा एसिस्टेण्ट जनरल म्यानेजर तथारिटेल बैंकिगं प्रमुखको रुपमा पोखरेलले एक वर्ष सम्म काम गरिसकेका छन् । सो पश्चात उनी म्यानमारको एशियाग्रीन डेभलपमेण्ट बैंकमाविगत अढाई वर्षदेखि रिटेल बैंकिगं हेडका रुपमा कार्यरत थिए।

शेयर बजारमा विशेष रुची राख्ने पोखरेलले काठमाण्डू युनिभर्सिटी तथा म्यानमारको जेनेभाविजनेश स्कूलमा भिजिटिगं फ्याकल्टीका रुपमा अध्यापन समेत गराउँदै आएका छन् ।

पोखरेलसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ । सीईओ पोखरेलको कार्यकालमै सिभिल बैंकमा यूनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धी राम्रो ज्ञान भएको बैंकरका रुपमा लिने गरेका छन् ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।