थप नयाँ कम्पनीलाई इजाजत दिने निर्णय नभएको बीमा समितिको प्रष्टोक्त्ति

0
Shares

बीमा समितिले थप नयाँ कम्पनीलाई इजाजत दिने कुनै पनि निर्णय नभएको जनाएको छ ।

समितिले विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा थप नयाँकम्पनीलाई लाइसेन्स दिन लागेको भनि आएको समाचार प्रति ध्यानाकर्षण गर्दै त्यस्तो निर्णय नभएको दाबी गरेको हो।

समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा तथ लघु बीमा कम्पनीलाई इजाजतपत्र दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारबाही समेत नगरेको बताए।

प्रकाशित समाचारहरु असत्य, भ्राम र कपोलकल्पित रहेको समितिले बताएको छ । त्यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले पे्ररित रहेको समितिले आरोप लगाएको छ । यस्ता, समाचार प्रकाशन नगर्न समितिले आग्रह गरेको छ ।

समितिका काम बारबाहीका बारेमा जानकारी चाहिएमा प्रवक्तासँग सम्पर्क गररी लिन र सत्य तथ्य समाचार मात्र प्रकाशन एंव प्रसारण गर्न समेत समतिले अनुरोध गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।