बिएण्ड सी मेडिकल कलेज:‘कि सम्बन्धन देउ, कि आफैँ कलेज सञ्चालन गर’

0
Shares

बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ ।

कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले आज राजधमानीमा पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताएका हुन्।

“ कि कलेजको सञ्चालनको लागि अनुमति देउ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफै चलायोस” उनले भने, “ भौतिक संरचना सहित बनेको कलेजलाई त्यतिकै बेवारिसे नराखियोस् ।”

उनले सरकारले सञ्चालन नगने हो भने आफूले सधैका लागि कलेज बन्द गर्ने समेत बताए । झापाको अनारमनी–३ मा अवस्थित कलेजले सम्बन्धन नपाउदा कलेज सञ्चालन हुन सकेको छैन ।

गत बैशाखमा बसेको काठमाडौँ विश्वविद्यालयको ८९ औ सभाले चिकित्सा शिक्षा आयोगलाई कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्णय गरेको थियो ।

कार्यकारी निर्देशक प्रसाईले आयोगको टोलीले तयार पारेको प्रतिवेदन नबुझाउदा सम्बन्धनमा ढिलाई भइरहेको समेत बताए ।

सभाले सात दिनभित्र कलेज सञ्चालनका सम्बन्धमा प्रवितेदन पेश गर्ने गरी डा. प्रकाशराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको थियो । उनले कलेज सञ्चालनका लागि आफूले सवै प्रक्रिया पूरा गरिसकेकोले सम्बन्धन दिनुपर्ने माग राखे ।

कोरोना भाइरसको समयमा स्वास्थ्यकर्मी अभाव भइरहेकोले बेला कलेजले सम्बन्धन पाए दक्ष जनशक्ति उत्पादन हुने उनको भनाइ रहेको छ ।

एमबिबिएस सञ्चालनका लागि कलेजले करिव ८ वर्ष अघि भौतिक पूर्वाधार तयार पारेपनि सरकारले अझै सम्बन्धन दिएको छैन । उनले कलेज सञ्चालनका लागि करिब ७ अर्ब रुपियाँ खर्च गरिएको सकेको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०७८, शनिबार  २१ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।