बैंकास्योरेन्स सेवा पुनः सुचारु गर्न माग

0
Shares

नेपाल बैंकर्स संघले बैंकास्योरेन्स सेवा पुनः सुचारु गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

संघले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव पेश गर्दै बैंकास्योरेन्स सेवा पुनः सुचारु गर्ने सुझाव पेश गरेको हो ।

सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्न संघको भनाई छ ।

बैंकहरुले बैंकास्योरेन्स सेवा प्रदान गर्दा मुलुकको ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा दुर/दराजमा समेत सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्ने संघको सुझाव छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २० असार २०७८, आइतबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।