तीन बैंकको ऋणपत्रमा कति पर्यो आवेदन ?

0
Shares

एनआईसी एशिया बैंक, ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले निष्काशन गरेको ऋणपत्रको पछिल्लो आवेदन प्राप्त भएको छ ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार एनआईसी एशिया बैंकको ऋणपत्रमा २ हजार ९१५ वटा आवेदन मार्फत २ लाख २ हजार ९९९ कित्ता इकाई, सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा ४ हजार ९०९ वटा आवेदन मार्फत ३ लाख ७५ हजार ३२९ कित्ता इकाई र ज्योति विकास बैंकको ऋणपत्रमा २९३ वटा आवेदनबाट २२ हजार ६०४ कित्ता इकाईको माग परेको छ ।

सबै बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा ऋणपत्र बिक्रीमा ल्याएका हुन् । एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र आइतबारदेखि निष्काशन बन्द भएको छ भने ज्योति विकास बैंकले आइतबारदेखि ऋणपत्र जारी गरेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० असार २०७८, आइतबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।